Agnisair Krishna Sarwan Rural Municipality Ward 6, Saptari, 56400, Nepal contact@spiralfarmhouse.co +977 985-1181089

हामीले समस्या समाधान गर्यौं

सुदर्सन चाैधरी

नेपालको कुल ग्राहस्थ्य उत्पादनको २८ प्रतिशत हिस्सा कृषी क्षेत्रले ओगट्दछ । धेरैजसो नेपाली किसानहरु साना किसानहरु (औसत १ हेक्टर जग्गा भएका) छन् । परापुर्व काल देखि नै र हाल पनि धेरैजसो नेपाली किसानहरुले परम्परागत खेती नै गर्दै आईरहेका छन् तर देशमा हालै गएको महाभुकम्प, तिव्र गतिमा भई रहेको जनसंख्या वृद्धि र विभिन्न विपद तथा जलवायु परिवर्तनको कारणले ( बाढी पहिरो, सुख्खा, अनियमित बर्षा…), यि साना किसानहरु साह्रै जोखिममा रहेका छन् र जोखिममा पर्ने किसानहरुको संख्या दिनप्रतिदिन वृद्धि भईरहेको छ । विगतका बर्षहरुमा नेपाल सरकारले किसानहरुको समृद्धि र आर्थिक अवस्था सुधारका लागि रसायनिक बिषादी तथा रसायनिकमलहरु सहयोग मार्पmत प्रोत्साहन गर्ने गरेका थिए । तराई क्षेत्र र मध्य पहाड क्षेत्रमा कृषीको प्रचुर सम्भावनाको वावजुद, जनसंख्या वृद्धि हालको बर्षहरुमा कृषी उत्पादन बाहिर गएको छ । जलवायु परिवर्तन र हालको खाध तथा वितिय संकटको प्रभावले, सहायता एजेन्सीहरुले चेतावनी दिएका छन् की धेरै जनसंख्याहरुमा खाध असुरक्षा हुनेछ । जसले बच्चाहरुमा कुपोषण ५० प्रतिशत बढने अनुमान गरिएको छ भने पहाडी क्षेत्रमा बढी हुनेछ भने एशियामा सबै भन्दा बढी हुनेछ । विगत ४० बर्ष भित्रमा सन् २००८÷९ बर्ष सबैभन्दा खराब चिसो र सुख्खाको कारणले ग्रामिण किसान परिवारको असुरक्षा बढाएका छन् । जसले गर्दा उनीहरु धेरै बाँच्नका लगि जग्गा बेचेका छन् ।
अत्यधिक जाडो र अनाधिकृत बर्षाको असरबाट बच्नलाई किसानले आफ्नो खेतीका पुर्वाधारहरुलाई अधिक लचिलो र अनुकुलन गर्ने कोसिस गर्ने प्रयास गर्दछ तर आवश्यक लगानीहरु ती साना किसानहरु, यिनीहरुका लागि पहुँच बाहिर हुनजान्छ । उनीहरुलाई ऋण, बीउ सम्म पहुँच र बाली व्यवस्थापन र पानीको सही उपयोग नै ग्रामिण किसानहरुको लागि जलवायू परिवर्तनको असरबाट बच्ने सबभन्दा ठुलो सहयोग हुनेछ । जबकी सरकारी निकायहरु सँग स्रोत र प्राविधिक क्षमता यि दुवैको कमीनैछ ।